राष्ट्रको स्वाधीनता र स्वतन्त्रता कायम राख्न एकता आवश्यक : संयोजक दाहाल - corporatekhabar.com
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रको स्वाधीनता र स्वतन्त्रतालाई कायम राख्न जनताको एकता आवश्यक रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशभरिका सबै देशभक्त नेपालीबीच एकता कायम गर्नुपर्ने बताए । राष्ट्रको आत्मसम्मान, पहिचान र अधिकार सुदृढ गर्नका लागि सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले वामपन्थी शक्तिबीच ध्रुवीकरण गर्ने उद्देश्यले नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको बताए । सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा राजनीतिक उपलब्धीलाई संरक्षण गर्न लोकतन्त्रवादी शक्ति र बाँकी वामपन्थीलाई पनि मिलाएर लैजानुपर्ने उल्लेख गरे । The post राष्ट्रको स्वाधीनता र स्वतन्त्रता कायम राख्न एकता आवश्यक : संयोजक दाहाल appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.