ट्रम्प-सी सम्झौताको भारतीय सामरिक नीतिमा प्रभाव - janatatimes.com
चीनसँगै अमेरिकालाई दवावमा राख्न भारतले सामरिक अभ्यास गरेको देखिन्छ । एकाततर्फ डिसेम्बरमा पुटिनको भारत यात्राको संकेत हुनु अर्कोतर्फ इजरायले विश्व राजनीतिमा भारतले महत्वपुर्ण भूमिका खेल्नु पर्ने जस्ता अभिव्यक्ति गर्दा अमेरिकाले वडो संयमताका साथ भारतसँग अगाडि सामरिक सम्बन्ध बढाउने जानकारहरूको बुझाई रहेको छ । वर्तमान विश्व राजनीतिमा संरक्षणवाद बढिरहेको कारणले गर्दा भुमण्डलीकरण, खुला अर्थव्यवस्थासमेत ओझेलमा परेको छ विपिन देव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनियाँ राष्ट्रपति सी जिनपिङबीच ६ वर्षको अन्तरकालमा भएको भेट वार्ताले भू-राजनीति र भू-अर्थनीतिमा हलचल ल्याएको छ । ६ वर्षको अन्तरकालमा भएको उक्त वार्ता दक्षिण कोरियामा सम्पन्न भएको थियो । आसियान समिटमा भाग लिन आएका ट्रम्प मलेशियामा रात्रीभोजमा मात्र सहभागी भई आसियानका नेताहरूसँग भलाकुसारी गरेका थिए । दक्षिण कोरिया र जापान अमेरिकाको सुरक्षा छाता (एलाइन्स) भएको कारणले गर्दासमेत ट्रम्प जापान र दक्षिण कोरिया यात्रा गरेका थिए । ट्रम्पको दोस्रो कार्यकालमा चिनियाँ नीतिमा व्यापक परिर्वतन भएको अनुभव अष्ट्रेलिया, जापान र भारतले समेत गर्दै आएको छ । अमेरिकाको टेरिफ नीतिबाट सम्पूर्ण विश्व आक्रान्त रहेको बेला चीनले अमेरिकालाई दवावमा राख्न नयाँ रणनीतिका साथ अगाडि बढ्दै थिए । अर्थात् चीन संसारकै दुर्लभ मिनरल (रेयर मिनरल) को भण्डार भएको कारणले गर्दा अमेरिका टेरिफबाट चीन टसमस भएको थिएन । अर्को शब्दमा भन्ने हो भने विद्युतीयकरण, जेट निर्माणदेखि हरेक उपकरणको निर्माण रेयर अर्थ मिनरल अति आवश्यक भएको हुँदा चीनले अमेरिकालाई दवाव दिन सामर्थ्य राखेका थिए । दक्षिण कोरिया राष्ट्रपतिद्वय सी र ट्रम्पबीच भएको वार्ताले चीनले अमेरिकालाई रेयर अर्थ मिनरल उपलब्ध गराउने र अमेरिकाबाट सोयाविनलगायत अन्य खाद्यान्न सामग्री चीनले आयात गर्ने सम्झौता भएको छ । साथसाथै अमेरिका र चीनिया सैनिकबीच सम्वादको संयन्त्रलाई बनाउने समेत दुई राष्ट्रपतिहरूबीच सम्झौता भएको छ । अमेरिकाले आफ्नो चीनविरुद्ध टेरिफमा १० प्रतिशत कटौतीको समेत घोषणा गरेका छ । अब चीनले ४७ प्रतिशत मात्र टेरिफ व्याहोर्नुपर्ने भएको छ । राष्ट्रपति सी र राष्ट्रपति ट्रम्पबीच भएको वार्ता उपरान्त कुनै पनि प्रेश विज्ञप्ती र साझा घोषणापत्र सार्वजनिक गरिएन । विश्वको पहिलो अर्थतन्त्र अमेरिका र विश्वको दोस्रो अर्थतन्त्र चीनका मुखियाहरूबीच भएको सम्वादमा विश्व राजनीति, अर्थनीति, आतंकवाद, वातावरणीय समस्या, अन्तर्राष्ट्रिय संघ संस्थताको भूमिका जस्ता मौलिक मुद्दाहरूमा समेत चर्चा भएको देखिदैन । दोस्रो विश्व युद्धको गर्भबाट संरचनामा आएको संयुक्त राष्ट्र संघमा निकायहरूको व्यवस्थापन, अन्तर्राष्ट्रिय मुद्राकोष र विशव वैंकले गरिब मुलुकहरूमा खेल्नुपर्ने भुमिका र विश्व खाद्य समस्या जस्ता मौलिक मुद्दाहरू दुईवटा मुर्धन्य नेताहरू संवेदनशील नहुनु जस्ता परिघटनाले वर्तमान विश्व व्यवस्था अराजकतातर्फ गएको संकेत गर्दछ । अर्थात ट्रम्पले अमेकिाले पूरा गरिरहेको अन्तर्राष्ट्रिय दायित्वप्रति संवेशनशील नरहेको कुरा अर्को अभिव्यक्तिले सार्वजनिक गरेको देखिन्छ । वार्ता पूरा हुने वित्तिकै ट्रम्पले आगामी दिन अमेरिकाले आणविक परीक्षण गर्नेसमेत अभिव्यक्रि दिएर विश्वलाई शक्तिको होडवाजीमा लाग्नेसमेत संकेत दिएका छन् । सन् १९९५ पश्चात ट्रम्पको कार्यकालमा नै आणविक परीक्षण हुने जानकारहरूको भनाई रहेको छ । अमेरिका र चीनबीच भएको सम्झौताको असर भारतीय सामरिक नीतिमा देखिन्छ । ट्रम्पको पहिलो कार्यकालमा हिन्दप्रशान्त क्षेत्रमा भारतलाई अब्वल बनाउन अमेरिकी नेतृत्वमा कर्वाड (अमेरिका, भारत, अष्ट्रेलिया, जापान) को एक चर्तुभूजीय सँगठनको निर्माण भएको थियो । मध्य एसियामा समेत भारतको भूमिका निर्माण गर्न अमेरिकाले आईटुयूटु (अमेरिका, भारत, इजरायल र यूएई)को चर्तुभूजीय सँगठन निर्माण गरेको थियो । आसियानका मुलुकहरूलाई सुरक्षा प्रत्याभुत्त गर्न भारतीय सुरक्षा प्रणालीलाई अब्वल बनाउन अमेरिकाले आवश्यक सहयोग गरेको थियो । ट्रम्प र सीबीच भएको वार्ताले गर्दा अमेरिकाको भारत नीति कस्तो हुेन आपैmमा प्रश्न चिन्ह रहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्प ब्रिक्स जस्ता संस्थाबाट चिढिएका छन । वर्तमान परिवेशमा ब्राजील ब्रिक्सको अध्यक्ष भएको कारणले र आउने वर्ष भारत अध्यक्ष हुने कारणले गर्दा भारत र ब्राजीलमाथि अमेरिकाले ५० प्रतिशत भन्दा बढी टेरिफको बोझ दिएको छ । जानकारहरूका अनुसार भारतलाई पूर्णरूपले इत्तर पक्षमा राख्न अमेरिकी सामथ्र्य नरहेको ठहर देखिएको छ । अमेरिकी अर्थतन्त्रमा र भारतीय मुलुको सबभन्दा अधिक योगदान हुनु, विश्वको सर्वाधिक जनसंख्या हुनु, प्रजातान्त्रीक पद्धति हुनु, स्फट वेयरमा अब्वल हुनु, हिन्दप्रशान्त क्षेत्रको काखमा हुनु, विश्व वितरण प्रणालीको साझेदारी हुनुजस्ता कारणले गर्दा अमेरिकाले भारतसँग सन्तुलित नीतिका साथ अगाडि बढ्ने जानकारहरूको बुझाई रहेको छ । यी तथ्यहरूको आधारमा नै आसियान समिटको सेरोफे रोमा अमरिकाले भारतसँग सुरक्षा सम्र्झाता गरेको देखिन्छ । चीनसँगै अमेरिकालाई दवावमा राख्न भारतले सामरिक अभ्यास गरेको देखिन्छ । एकाततर्फ डिसेम्बरमा पुटिनको भारत यात्राको संकेत हुनु अर्कोतर्फ इजरायले विश्व राजनीतिमा भारतले महत्वपुर्ण भूमिका खेल्नु पर्ने जस्ता अभिव्यक्ति गर्दा अमेरिकाले वडो संयमताका साथ भारतसँग अगाडि सामरिक सम्बन्ध बढाउने जानकारहरूको बुझाई रहेको छ । वर्तमान विश्व राजनीतिमा संरक्षणवाद बढिरहेको कारणले गर्दा भुमण्डलीकरण, खुला अर्थव्यवस्थासमेत ओझेलमा परेको छ । दक्षिण गोलाद्ध (ग्लोबल साउथ) का मुलुकहरू आर्थिक दिवालीयापनको संघारमा रहेको छन भने विकसित मुलुकहरूको विकास दर स्थीर भएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष र मोडी जस्ता शोध संस्थाको आँकलनअनुसार संसारको सबभन्दा तीव्र गतिले बढिरहेको अर्थतन्त्रको रूपमा भारत रहेको छ । यस अर्थमा समेत अमेरिकाले भारतीय बजारलाई अर्जुनदृष्टिमा राखेर आउने दिनमा भारतसँग सम्बन्धलाई उच्च महत्व दिन सक्दछ ।