हेर्नुहोस् बिष्णु माझीको तिज गीत - www.samayapost.com
Source: smyp
गायिका बिष्णु माझीको तिज गीत सार्वजनिक भएको छ । ‘म त नराउरी’ बोलको गीत आज युट्यूवमा अपलोड गरिएको हो । सदा झैं यो गीतमा पनि बिष्णुका पति सुन्दरमणी अधिकारीको शब्द र संगीत रहेको छ । यसपाली पनि उनले तिज गीतमा छोरीको बेदना र लैंगिक विभेदकै विषयवस्तु समाएका छन् ।