Redirecting...

कविताः आमा - sahityapost.com

कविताः आमा - sahityapost.com
Source: shpt

अँधेरी रात अनि झलमल्ल जूनजून आफैँ जून त पक्कै भएनटीम टीम बल्ने चम्किला ताराहरूतारा आफैँ तारा त पक्कै भएनरापिलो सूर्यको तापसूर्य आफैँ सूर्य त पक्कै भएनजूनको शितलताताराको चमकअनिसूर्यको तेजलिनु केही छैन, मात्र जीवनको धागो बुनिरहनेतरहेर्दा सबैभन्दाशितल, चमक र तेजको रहस्यआकासभन्दा माथि अन्तरिक्ष जस्तैतिमी नै हौ आमाकहिले मेरो चमक देखोस् भनेर अन्धकार बनिदिन्छौकहिले म अन्धकारमा रुमलिरहेको बेला प्रकाश बनी चम्किदिन्छौकहिले तिम्रो ममताको शितलता बेग्लैम हाँस्दा बाँचिदिने तिमीमेरो पीडामा प्रलय मच्चाइदिने तिमीरहस्य गर्भमा खोज्दै जान्छु मझन्झन् हराउँदै जान्छु मसंसारलाई बुझ्नेसंसारले बुझ्नै नसक्नेबुझे जति पनि व्यक्त गर्नै नसक्नेहिजो, आज र भोलिएक रहस्य: एक खोजआमा तिमी । मकवानपुर, हेटौडा The post कविताः आमा appeared first on साहित्यपोस्ट.