सुनको भाउ एकैदिन तोलामा ७ हजार ४०० बढ्यो, अव एक तोलाकै २ लाख ३० हजार ६ सय ! - arthasarokar.com
Source: aths
काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार एकैदिन प्रतितोला ७ हजार ४ सय रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । आइतबार ह्वात्तै बढेर सुनको मूल्य प्रतितोला २ लाख ३० हजार ६ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि असोज १२ गते सुनको मूल्य प्रतितोला २ लाख २३ हजार २ सय रुपैयाँ थियो । आइतबार चाँदीको मूल्य पनि प्रतितोला एक सय २० रुपैयाँ बढे बढेर प्रतितोला २ हजार ९ सय ३० रुपैयाँ पुगेको छ ।