एमाले नेतृत्व चयनका लागि निर्वाचनको कार्यतालिका संशोधन, उम्मेदवारको अन्तिम नामावली प्रकाशन साढे ६ बजे - farakdhar.com
Source: FRDH
नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनको कार्यतालिका संशोधन गरिएको छ । केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाले संशोधित कार्यतालिका सार्वजनिक गर्दै उम्मेदवारी दर्ताको समय परिवर्तन गरिएको जानकारी दिएका छन् । नयाँ कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि साढे ३ बजेसम्म उम्मेदवारको दरखास्त फारम दर्ता हुनेछ । यसअघि उम्मेदवारी दर्ताको समय बिहान साढे १० बजेदेखि साढे १ बजेसम्म तोकिएको थियो । संशोधित कार्यतालिका अनुसार आज दिउँसो ४ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने...