४२ दिनको लागि ५० अर्ब रूपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक - taksarnews.com
Source: tsar
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट ४२ दिनको लागि ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो । यसको साँवाब्याज राष्ट्र बैंकले २०८२ भदौ २९ गते भुक्तानी गर्ने जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।