Redirecting...

पुलिसका भविशको विजयी सुरुआत - nagariknews.nagariknetwork.com

पुलिसका भविशको विजयी सुरुआत - nagariknews.nagariknetwork.com
Source: ngrk

नेपाल पुलिस क्लबका भविश थापाले चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत मंगलबार पुरुष एकलतर्फ विजयी सुरुआत गरेका छन्।बालकुमारीस्थित रिमिक्स क्लबको कभर्डहलमा पहिलो दिन पुरुष एकलतर्फ भविशले सुर्खेतका प्रकाश अधिकारीलाई २१–१०, २१–११ को सोझो सेटमा हराउँदै राउन्ड ३२ मा प्रवेश गरेका छन्। पुलिस क्लबकै नगेन्द्र लिम्बुले देवीनगरका तसत ढकाललाई २१–६, २१–७ ले हराए।नेपाल आर्मी क्लबका विवेक चौधरीले तिनचुलीका विशाल तामाङलाई २१–१३, २३–२१, आर्मीकै लक्ष्मण रानामगरले लभ ब्याडमिन्टन एकेडेमीका पप्पु पाललाई २१–१३, २१–१४ हराए। लभ ब्याडमिन्टन एकेडेमीका अनन्त पाख्रिनले कस्तुरी कलेजका मिसेक चोङवाङबाट वाकओभर पाउँदा नेपाल पुलिस क्लबका सक्षम ढकालले ललितपुरका महेश धामीलाई २१–५, २१–७ ले पराजित गरे।यसै गरी नेपाल पुलिसका हीराबहादुर राईले बालकुमारी रिमिक्सका सम्यक शाक्यलाई २१–११, १८–२१, २१–१३, आर्मीका विधान अधिकारीले फिटनेस पार्कका सुजन थापालाई २१–७, २१–१४, आर्मीकै सुप्रिम पन्तले चितवनका हिमाल क्षेत्रीलाई २३–२१, २१–१३, पुलिसका कविर केसीले टीकाभैरव ब्याडमिन्टन क्लबका निरञ्जन सिलवाललाई २१–८, २१–१२, तीनचुलीका सुनील कार्कीले आर्मीका सुविन श्रेष्ठलाई २१–१९, २१–१८ र पुलिसका अलिन मल्लले बालकुमारी रिमिक्सका सक्षम शाक्यलाई २१–५, २१–१७ पराजित गरे।गोर्खाका मुकुल गुरुङले वेस्टर्नका मुस्कान केसी र ओखलढुङ्गाका टीकाध्वज राईले आरुघाटका बिहाल क्षेत्रीबाट वाकओभर पाउँदा आर्मीका सुविन श्रेष्ठले लभ ब्याडमिन्टन एकेडेमीका रिजन याम्फुलाई २१–१५, २१–१०, पुलिसका जोन जसराजले कस्तुरी कलेजका मिशेक लिम्बुलाई २१–१२, २१–१७ र फिटनेस स्पोर्ट्स प्लेक्सका प्रियान्सु क्षेत्रीले पुलिसका ऋषभ राईलाई २१–७, २१–१० ले पराजित गरे।लतिलपुर महानगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको पुरुष यु १७ तर्फ मधवाइलिया ब्याडमिन्टन क्लबका विवेक अधिकारी, बालकुमारी रिमिक्सका हर्षवर्धन राठी, आर्मीका प्रतीक विष्ट, बालकुमारीका शक्षम शाक्य, आरबिएससीका आदित्य कुमार, कीर्तिपुर ब्याडमिन्टन क्लबका सामन्तभद्र वज्राचार्य, भिन्छेबहालका अलेन डङ्गोल, कस्तुरी कलेजका मिकेश लिम्बु र मनोहराका प्रणव आचार्यले पनि राउन्ड अफ ३२ मा स्थान बनाए।प्रतियोगितामा पुरुष एकल र महिला एकल खुला, उच्च २० वरीयताबाहेकको पुरुष युगल, यु–१७ पुरुष तथा महिला एकल खुला, ४५ वर्षमाथिको मास्टर युगल खुला गरी ६ विधामा करिब १ सय २६ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। ३२ लाख २० हजार ५ सय अनुमानित लागत रहेको प्रतियोगिताको पुरस्कार राशि ४ लाख २५ हजार रहेको छ।पुरुष एकल, महिला एकल र पुरुष युगलतर्फ शीर्ष तीन स्थान हासिल गर्नेले नगद ५० हजार, २५ हजार र १० हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन्। यु–१७ पुरुष तथा महिलाका शीर्ष तीन स्थान हात पार्नेले नगद २० हजार, १० हजार र ५ हजार तथा मास्टर युगलतर्फका विजेताले नगद ३० हजार, १५ हजार र ७ हजार ५ सय सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन्।ललितपुर ब्याडमिन्टन संघ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा भएको चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता मंगलबारबाट सुरु भएको छ। प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एक कार्यक्रमबीच पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए।