लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण - farakdhar.com
Source: FRDH
म्याग्दीको मङ्गला गाउँपालिका-२ लाम्पाटामा खेलमैदान निर्माण भएको छ । मङ्गला शिक्षा क्याम्पसको छात्राबास परिसरमा रहेको पाखो सम्माएर खेलमैदान निर्माण गरिएको हो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले ‘सेभेन ए साइड’ फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिने खेलमैदान निर्माण भएको जानकारी दिए । ‘तीव्ररूपमा बजार विस्तार भएको गाउँपालिकाको केन्द्र बाबियाचौरमा खुला ठाउँको अभावका कारण खेलमैदान नहुँदा खेलाडीलाई समस्या भएको थियो’, उनले भने, ‘नजिकै...