Redirecting...

जोखिमको पूर्वसूचना प्रणाली बन्दै छ: मन्त्री लेखक - technologykhabar.com

जोखिमको पूर्वसूचना प्रणाली बन्दै छ: मन्त्री लेखक - technologykhabar.com
Source: tckb

गृहमन्त्री रमेश लेखकले अबको बढीमा पाँच वर्षभित्र हरेक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्ने प्रणालीको विकास गरिने बताएका छन्। काठमाडौँमा बिहीबार आयोजित ‘सबैका लागि पूर्वसूचना विषय राष्ट्रिय कार्याशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री लेखकले बढीमा पाँच वर्षभित्र देशभरका नागरिकले प्राकृतिक तथा दैवी प्रकोप आउनुपूर्व पूर्वसूचना प्राप्त गर्ने प्रणाली स्थापना गरिने बताए। उनले भने, “नेपालमा पनि एक तिहाइ जनसङ्ख्या प्रकृतिजन्य र जलवायुजन्य जोखिमको पूर्वसूचनाबाहिर छन्। आगामी सन् २०३० सम्ममा नेपालका प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्ने स्थितिको सुनिश्चितता गरिन्छ।” उनले विश्वमा मनसुनजन्य जोखिममा रहेका एक तिहाइ जनसङ्ख्या अझै पनि पूर्वसूचनाको पहुँचमा नरहेको तथ्याङ्क रहेको बताउँदै त्यसमा नेपाल पनि रहेको बताए। गृहमन्त्री लेखकले नेपाल सरकार अहिले त्यसको मार्गचित्र बनाउन लागेको बताए। उनले अहिले पूर्वसूचना प्रणालीले मानवीय क्षति रोकिन सक्ने बताउँदै पूर्वसूचनाले सुरक्षा निकायलाई समेत काम गर्न सहज हुने विश्वास व्यक्त गरे। रसुवामा आएको बाढीबारे पूर्वजानकारी नहुँदा जनधनको क्षति भएको बताउँदै गृहमन्त्री लेखकले गत वर्ष कञ्चनपुरमा ७७ वर्षयताकै सबैभन्दा ठुलो वर्षा हुँदा पनि पूर्वसूचनाका कारण मानवीय क्षति हुन नपाएको उदाहरण प्रस्तुत गरे। The post जोखिमको पूर्वसूचना प्रणाली बन्दै छ: मन्त्री लेखक appeared first on Technology Khabar.