Redirecting...

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५० जनाको चेकजाँच ४८ जनाको इन्डोस्कोपी - ehimalayatimes.com

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५० जनाको चेकजाँच ४८ जनाको इन्डोस्कोपी - ehimalayatimes.com
Source: hmlt

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा एकदिने वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सन्धिखर्क नगरपालीकाको आयोजना तथा ग्याष्ट्रो सेन्टर बुटबल प्रालिको प्राविधिक सहयोगमा भएको शिविरमा पेट कलेजो तथा आन्द्रा रोग सम्वन्धि निःशुल्क जाँच गरिएको हो । शिविरमा ग्यास्ट्रो सेन्टर बुटवलका वरिष्ठ पेट, आन्द्रा, कलेजो तथा प्यान्क्रियाज रोग विशेषज्ञ डा.मोहन भुसाल र कन्सलटेन्ट फिजिसियन डा.काशीराम बि.क लगायतको टिमले बिरामीको चेकजाँच संगै प्राविधिक सहयोग र निःशुल्क औषधि वितरण गरेको थियो । शिविरमा ३ सय ५० भन्दा धेरै बिरामीहरुको पेट सम्वन्धि रोगको चेकजाँच गरिनुको साथै ४८ जनाको इन्डोस्कोपी गरिएको ग्यास्ट्रो सेन्टरका राम प्रसाद अर्यालले जानकारी दिनुभयो । पछिल्लो समय खानपान र जीवनशैलीका कारण मानव स्वास्थ्यमा असर पर्दे गएको भन्दै वरिष्ठ पेट, आन्द्रा, कलेजो तथा प्यान्क्रियाज रोग विशेषज्ञ डा. भुसालले धुम्रपान,मदिरापान,चिल्लोपिरो, जगंफुड,मैदाका परीकारलगायत मानव स्वास्थ्यलाइ असरगर्ने खाद्य पदार्थ प्रयोग नगर्न आग्रह गर्नुभयो । भुसालले पेटलाई स्वस्थ राख्नकालागि,सफा, ताजा,स्वच्छ,स्वस्थ्य र फाईवरयुक्त खानेकुरालाई पहिलो प्राथमिकता दिन अनुरोध समेत गर्नुभयो । डा.भुसालले गाउँवस्तीमा गरिने यस्ता खाले शिविरले मानीसमा लुकेर रहेका रोगहरु पहिचान गरि उपचारमा सहजता हुने र उपचार गराउन अस्पताल जान नसक्नेहरुका लागी शिविरहरु उपयोगी हुने भन्दै सबैलाइ आफ्नो स्वास्थ्यको चेकजाँच गराउन आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले रोगलाइ समयमै पत्ता लगाउन सके निको गराउन सकिने भन्दै पैसा नभएर सेवा पाउनबाट बन्चीत भएका व्यक्तिहरुलाइ शिविरले फाइदा दिने बताउनुभयो । श्रेष्ठले नेपालीहरुको पहिचान ग्यास्ट्रीक भएको बताउदै यसलाइ नियन्त्रण गर्न खानपीन र आहार बिहारमा ध्यानदिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रम सन्धिखर्क नगरप्रमुख कुष्णप्रसाद श्रेष्ठको अध्यक्षता ,स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुलीको स्वागत मनतब्य र प्रकाश परियारको सञ्चालनमा सम्पन्न भएको हो । आफ्नै घर आगनमा विशेषज्ञ सहितको शिविरमा चेकजाँच गराउँन पाउँदा आफुहरु खुसी भएको सन्धिखर्क १२ का वालकृष्ण श्रेष्ठको भनाइ रहेको छ । शिविरमा ३५० जनाको निःशुल्क चेकजाँच ४८ जनाको ईन्डोस्कोपीईन्डोस्कोपी गरिएका मध्ये ६० प्रतिशतमा ग्याष्ट्रीक अल्सर२० प्रतिशतमा सामान्य ग्याष्ट्रीक२० प्रतिशतमा कडा प्रकारको ग्याष्ट्रीक र९० प्रतिशतमा HIATUS Hernia देखिएको डा.मोहन भुसालले जानकारी दिनुभयो ।