भड्किलो चुनावको भरपाई कसरी ? - ekantipur.com
Source: kant
राजनीतिक दल र उम्मेदवारले चुनाव प्रचारमा अपारदर्शी एवं अनियन्त्रित रूपमा खर्च गर्ने प्रवृत्तिमा यसपालि पनि सुधार हुने संकेत देखिएको छैन । चुनाव प्रचारका लागि तोकिएको समयावधि ४–१८ फागुन नआउँदै उम्मेदवारले तडकभडक शैलीमा प्रचार थालिसकेका छन् ।