गिगाबाइटको आरटीएक्स ५०५० ग्राफिक्स कार्ड नेपाली बजारमा, मूल्य ४५ हजार रुपैयाँदेखि सुरु - techpana.com
Source: tcpn
काठमाडौँ । ग्राफिक्स कार्ड निर्माता गिगाबाइटले आफ्नो पछिल्लो उत्पादन एनभिडिया आरटीएक्स (NVIDIA GeForce RTX) ५०५० सिरिज नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले यी नयाँ ग्राफिक्स कार्डहरू आफ्नो आधिकारिक वितरक हुकुट स्टोरमार्फत बिक्री वितरण थालेको हो । गेमर र कन्टेन्ट क्रिएटरहरूलाई लक्षित गरी किफायती मूल्यमा अत्याधुनिक प्रविधि उपलब्ध गराउने उद्देश्यले यो सिरिज ल्याइएको कम्पनीको भनाइ छ । आरटीएक्स ५०५० एनभिडियाको ५०-सिरिज अन्तर्गतको ग्राफिक्स कार्ड हो । एडा लभलेस आर्किटेक्चरमा आधारित ग्राफिक्स कार्डमा नेक्स्ट-जेनेरेसन रे ट्रेसिङ प्रविधि...