Redirecting...

बिहारको मतगणना अपडेट: एनडीए गठबन्धन दुई तिहाई बहुमततर्फ - corporatekhabar.com

बिहारको मतगणना अपडेट: एनडीए गठबन्धन दुई तिहाई बहुमततर्फ - corporatekhabar.com
Source: cork

काठमाडौँ । भारतको बिहार चुनावको मतगणनामा भारतीय जनता पार्टी नेतृत्वको गठबन्धन एनडीए दुई तिहाई बहुमततर्फ अगाडी बढेको छ । पछिल्लो अपडेट अनुसार एनडीएले २४३ सिट मध्ये १९९ सिटमा अग्रता हासिल गरेको छ । त्यस्तै राष्ट्रिय जनता दलसहितको महागठबन्धनले ३८ सिटमा अग्रता हासिल गरेको छ । त्यस्तै अन्य ६ स्थानमा अगाडी छन् भने प्रशान्त किशोर नेतृत्वको जनसुराज पार्टी कुनै सिटमा अग्रता बनाउन सकेको छैन । दुई चरणमा नोभेम्बर ६ र ११ मा भएको निर्वाचनको मत गणना आज बिहान ८ बजेदेखि शुरु भएको हो । निर्वाचनपछि सार्बजनिक गरिएका एक्जिट पोलले भारतीय जनता पार्टी नेतृत्वको एनडीएलाई बहुमत आउने संकेत दिएका थिए । १३ एजेन्सीहरूको सर्वेक्षणले एनडीएलाई १५४ सिटको जितको भविष्यवाणी गरेका थिए । त्यस्तै महागठबन्धनले औसतमा ८४ सिट जित्ने अनुमान गरिएको छ भने अन्यले ५ सिट जित्न सक्ने अनुमान गरिएको थियो । पहिलो पटक चुनाव लडिरहेको प्रशान्त किशोरको जन सुरज पार्टीले यस चुनावमा कुनै प्रभाव पार्न नसकेको एक्जिट पोलले देखाएको छ । यसले ३–५ सिट जित्ने अनुमान गरिएको छ । गत चुनावमा एनडीएले १२५, महागठबन्धनले ११० र अन्यले ८ सिट जितेका थिए । यसको अर्थ एनडीएले यस पटक लगभग २९ सिट बढी जित्ने अनुमान गरिएको छ भने महागठबन्धनले २८ सिट गुमाउने अनुमान गरिएको छ । राज्यमा २४३ सिटका लागि दुई चरणमा चुनाव भएको थियो । पहिलो चरणमा १२१ सिटका लागि ६५ प्रतिशत मतदाता मतदान भएको थियो भने दोस्रो चरणमा रेकर्ड ६७ प्रतिशत मत देखिएको थियो । यो समाचार पनि पढनुस् बिहारको मतगणना अपडेट: शुरुवाती रुझानमा एनडीएले अत्यधिक बहुमत ल्याउने संकेत The post बिहारको मतगणना अपडेट: एनडीए गठबन्धन दुई तिहाई बहुमततर्फ appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.