Redirecting...

इसेवाको १३औँ वार्षिक साधारणसभा - ehimalayatimes.com

इसेवाको १३औँ वार्षिक साधारणसभा - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । इसेवा लिमिटेडको १३औँ वार्षिक साधारणसभा कम्पनीका सञ्चालक समिति अध्यक्ष परशुराम कुँवर क्षेत्रीको अध्यक्षतामा काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण पारित गरेको छ । त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनका आधारमा कम्पनीको खुद नाफा तथा जगेडा कोषबाट हालको चुक्ता पुँजीको ८०.५३ प्रतिशतले हुन आउने ३० करोड ६० लाख रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । साधारणसभाले कम्पनीको चुक्ता पुँजीको ३१.५८ प्रतिशत बराबरको १२ करोड रुपैयाँको बोनस सेयर जारी गर्ने निर्णयसमेत स्वीकृत गरेको छ । साधारणसभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुर्ईजना सञ्चालकहरू सुवास शर्मा र सौगात केसीलाई पुनः निर्वाचित गरेको छ । सो अवसरमा सञ्चालक समिति अध्यक्ष कुँवर क्षेत्रीले कम्पनीको वित्तीय अवस्था तथा अन्य सूचकहरू उत्साहजनक रहेको उल्लेख गर्दै आगामी दिनमा थप सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले लगानीकर्ताको विश्वास, सञ्चालक समितिको मार्गदर्शन तथा व्यवस्थापन टोलीको निरन्तर मिहिनेतका कारण कम्पनीलाई सुदृढ अवस्थामा पु¥याउन सफल भएको बताउनुभयो । कम्पनीले निकट भविष्यमै आइपिओ जारी गरी सर्वसाधारण जनतासम्म पुग्ने योजना रहेको जनाएको छ ।