एनपिएल : आज लुम्बिनी र जनकपुर खेल्दै, प्लेअफमा पुग्न जित्नै पर्ने दबाबमा लुम्बिनी - farakdhar.com
Source: FRDH
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । छ खेलबाट छ अंक जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ । लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछन् । जनकपुरले हालसम्म पाँच खेलबाट दुई अंक मात्र पाएको छ ।