एमाले महाधिवेशन : अध्यक्षमा ओली–पोखरेल र महासचिवमा पाण्डे–पोखरेलबीच भिडन्त पक्का - corporatekhabar.com
काठमाडौं । नेकपा (एमाले)को जारी ११औँ महाधिवेशनमा अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ । यसैगरी, अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा वर्तमान उपाध्यक्ष सुरेन्द्र पाण्डे र महासचिव शंकर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ । भोलि हुने निर्वाचन पक्रियाका लागि अहिले उम्मेदवारी दर्ता प्रक्रिया आरम्भ भएको छ । केपी ओली पक्षले महासचिवमा शंकर पोखरेललाई नै दाहोर्याउने तथा ईश्वर पोखरेल पक्षले उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई महासचिवको उम्मेदवार बनाउने निर्णय गरेको छ । पाण्डे दशौँ महाधिवेशनबाट उपाध्यक्ष र पोखरेल महासचिव निर्वाचित भएका थिए । The post एमाले महाधिवेशन : अध्यक्षमा ओली–पोखरेल र महासचिवमा पाण्डे–पोखरेलबीच भिडन्त पक्का appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.