Redirecting...

झलनाथले खुलाएनन् प्रचण्डसँगको गोप्य सहमति - bishwokhabar.com

झलनाथले खुलाएनन् प्रचण्डसँगको गोप्य सहमति - bishwokhabar.com
Source: bsbk

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासमा पार्टी एकतामा सहभागी भएका छन् । कात्तिक १९ गते भृकुटीमण्डपमा जारी १० घटकको एकता सम्मेलनमा बोल्दै उनले केही ‘रिजर्भेसन’ भए पनि एकता अपरिहार्य भएको बता ए। “म ढिलो आएको छु, केही कारण छन् । तर, मैले कमरेड प्रचण्डलाई भनिसकेको छु, ती कुरा मिलाउँछौँ भनेर उहाँले प्रतिबद्धता जनाउनुभएको छ,” खनालले भने, “त्यही विश्वासका आधारमा आएको हुँ ।”