राष्ट्रिय लिग : डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइजलाई पहिलो खेलमै झट्का - ekantipur.com
Source: kant
अन्ततः राष्ट्रिय लिगमार्फत् नेपालको घरेलु फुटबल मैदानमा फर्केको छ । तर ‘ए’ लिग डिभिजन च्याम्पियन चर्च ब्वाइज क्लबले भने पहिलो दिनको खेलमा अपेक्षित जित निकाल्न सकेन । टोलीले टोखाको श्री भगवतीसँग बराबरी खेल्नुपरेको छ । उपाधिका लागि बलियो प्रत्याशी रहेको चर्च ब्वाइजका लागि यो नतिजा २ अंक गुमाएको जत्तिकै हो । टोखाले कमाएको एक अंकले पनि टिमलाई उत्साह दिनेछ ।