Redirecting...

मतदाता नामावलीमा नाम दर्ता अवधि थप गर्न निर्वाचन आयोगसँग प्रदीप पौडेलको माग - corporatekhabar.com

मतदाता नामावलीमा नाम दर्ता अवधि थप गर्न निर्वाचन आयोगसँग प्रदीप पौडेलको माग - corporatekhabar.com
Source: cork

काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले मतदाता नामावली दर्ता अवधि थप गर्न निर्वाचन आयोगसँग माग गरेका छन् । धेरै स्थानहरूमा लामो समय कुर्नु परेको तथा काम छिटो छरितो नभएको गुनासो आएको भन्दै पौडेलले कार्तिक मसान्तसम्मको अवधि बढाएर सबै व्यक्ति निर्वाचनमा सहभागी हुनुपर्ने बताए । बिहीबार भिडियो वक्तव्य जारी गर्दै पौडेलले भने, ‘नाम दर्ता गर्ने स्थानको सेवा छिटो छरितो छैन । फोटो खिचाउन लामो लाइन बस्दा पनि पालो नआएर फर्कनुपर्ने अवस्था देखिएको छ ।’ दर्ताको समय पनि कात्तिक मसान्तसम्म मात्र रहेकाले अहिलेकै अवस्था रहेमा जेनजी तथा अरू समूहका व्यक्तिहरू समेत छुट्ने सम्भावना देखिएकाले समय थप गर्नु आवश्यक रहेको पौडेलको भनाइ छ । The post मतदाता नामावलीमा नाम दर्ता अवधि थप गर्न निर्वाचन आयोगसँग प्रदीप पौडेलको माग appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.