Redirecting...

जेनजी आन्दोलनबारे सशस्त्रका आईजीपी अर्यालसँग बयान लिइँदै - kendrabindu.com

जेनजी आन्दोलनबारे सशस्त्रका आईजीपी अर्यालसँग बयान लिइँदै - kendrabindu.com
Source: kend

काठमाडौं । जेनजी आन्दोलनमा भएका विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले आजदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग बयान लिने भएको छ । गत भदौ २३ र २४ मा भएको आन्दोलनमा सशस्त्र प्रहरीको भूमिकाबारे अर्याललाई बोलाएर आयोगले बयान लिन लागेको हो। आन्दोलनका क्रममा सशस्त्र प्रहरीकै बानेश्वरको गुल्म लगायत कार्यालयबाट त हतियार र गाडी समेत लुटिएको थियो । यी विषयमा आयोगले फिल्डमा खटिएका सशस्त्र प्रहरी र कार्य विभागका एआइजी नारायणदत्त पौडेलसँग बयान लिइसकेको छ। अब आईजीपी अर्यालसँग समेत सोधपुछ गर्न लागिएको हो ।