Redirecting...

पृथ्वीमा चट्याङ कसरी पर्छ? नयाँ अध्ययनले यस्तो देखायो - technologykhabar.com

पृथ्वीमा चट्याङ कसरी पर्छ? नयाँ अध्ययनले यस्तो देखायो - technologykhabar.com
Source: tckb

चट्याङ कसरी पर्छ भन्ने विषयमा दुई प्रतिस्पर्धी सिद्धान्तहरू छन्। पहिलो सिद्धान्त ‘वायुमण्डलीय स्थिर विद्युत्’ हो। यसले बादलभित्र रहेका बरफका टुक्राबीचको घर्षणबाट नकारात्मक रूपमा आवेशित इलेक्ट्रोनहरू परमाणुबाट छुट्टिने र तलको वायुमण्डलमा कणहरू आयोनाइज हुने गरी जम्मा हुने बताउँछ। जब पर्याप्त इलेक्ट्रोनहरू स्वतन्त्र हुन्छन्, ती धेरैवटा फाटेका मार्ग हुँदै जमिनतर्फ दौडिन्छन्। दोस्रो सिद्धान्त अनुसार यो प्रारम्भिक आयनाइजेशन ब्रह्माण्डबाट आउने उच्च-ऊर्जा सह-आणविक कणहरू — प्रायः प्रोटोनहरू — जसलाई ‘कस्मिक रे’ भनिन्छ, तिनले गराउँछन्। यी किरणहरू सूर्य, सुपरनोभा भनिने तारकीय विस्फोट, पल्सार भनिने तीव्र गतिमा घुम्ने न्युट्रोन ताराहरू र अन्य अज्ञात स्रोतहरूबाट आउँछन्। जब यी कणहरूले पृथ्वीको माथिल्लो वायुमण्डलमा प्रहार गर्छन्, तिनीहरूले इलेक्ट्रोनहरूको एक अनियन्त्रित श्रृंखला सुरु गर्छन् जसको अन्त्य जमिनसम्म पुग्ने विद्युतीय झरनाबाट हुन्छ। लाइभसाइन्सका अनुसार नयाँ अध्ययनमा अनुसन्धानकर्ताहरूले जमिनमा आधारित सेन्सर, उपग्रह र उच्च उचाइमा उड्ने गुप्त विमानहरूबाट सङ्कलन गरिएका तथ्यांकहरूलाई प्रयोग गर्दै बिजुली लाग्नुभन्दा पहिलेको बादलको अवस्थालाई अनुकरण गर्ने गणितीय मोडलसँग मिलाए। मोडलको अनुकरणले कस्मिक रे सिद्धान्तलाई समर्थन गर्‍यो। यसले तीव्र गतिका प्रोटोनहरूबाट उत्पन्न इलेक्ट्रोनहरू विद्युतीय क्षेत्र रेखाहरूको सहायताले तीव्र गतिमा अगाडि बढ्छन् र नाइट्रोजन वा अक्सिजनजस्ता वायुमण्डलीय अणुहरूमा ठोक्किँदा तीव्र गतिमा बढ्छन् भन्ने देखायो। अनुसन्धानकर्ताहरूका अनुसार यसले इलेक्टोनहरूको पहाडजस्तै बढोत्तरी गराउँछ, जसले चट्याङ सुरु गराउने उच्च ऊर्जा भएका फोटोनहरू उत्पादन गर्छ। अझ रोचक कुरा के छ भने, मोडलले चट्याङ लाग्नुभन्दा पहिले देखिने गामा-किरण (उच्च ऊर्जा फोटोनहरू) र एक्स-किरणहरू किन उत्पन्न हुन्छन् भन्ने पनि स्पष्ट पार्दछ। “हाम्रा मोडलिङअनुसार, तीव्र गतिमा उत्पन्न हुने इलेक्ट्रोन झरनाबाट उत्सर्जित उच्च ऊर्जा एक्स-किरणहरूले वायुमण्डलमा फोटोइलेक्ट्रिक प्रभावका कारण नयाँ प्रारम्भिक इलेक्टोनहरू बनाउँछन्, जसले ती झरनालाई झनै तीव्र बनाउँछ,” पास्कोले भने। “यी झरनाहरू सानो क्षेत्रभित्र उत्पन्न हुन्छन्, र तिनीहरूको शक्ति अत्यन्त फरकफरक हुन सक्छ। प्रायः यसले एक्स-किरणहरूको स्तर मापन गर्न सकिने बनाउँछ, तर त्यतिबेला प्रकाशीय वा रेडियो संकेत अत्यन्त कमजोर देखिन्छन्। यसैले गामाकिरण चमकहरू अप्टिकली धमिलो र रेडियो चुप रहेका क्षेत्रमा पनि देखिन सक्छन्।” The post पृथ्वीमा चट्याङ कसरी पर्छ? नयाँ अध्ययनले यस्तो देखायो appeared first on Technology Khabar.