Redirecting...

स्याङ्जाबाट २२ वर्षदेखि फरार लागू औषध मुद्दाका दोषी पौडेल पक्राउ - taksarnews.com

स्याङ्जाबाट २२ वर्षदेखि फरार लागू औषध मुद्दाका दोषी पौडेल पक्राउ - taksarnews.com
Source: tsar

स्याङ्जा । लागू औषध मुद्दामा २२ वर्षदेखि फरार रहेका स्याङ्जाका एक व्यक्ति अखेर प्रहरी फन्दामा परेका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अपरेसन टोलीले साउन १८ गते स्याङ्जा जिल्लाको आँधिखोला गाउँपालिका–४ निवासी ४८ वर्षीय रामचन्द्र पौडेललाई पक्राउ गरेको हो। उनलाई कास्की जिल्ला अदालतले २०५९ साल वैशाख २३ गते लागू औषध मुद्दामा १० महिना १८ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो। तर, फैसला सुनिएपछि पौडेल फरार रहेका थिए। प्रहरीका अनुसार, फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन, न्यायिक कारबाहीलाई पूर्णता दिन तथा सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताका लागि उनलाई पक्राउ गरिएको हो। पक्राउ परेका पौडेललाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी स्याङ्जा जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।