Redirecting...

एमाले महाधिवेशनमा ‘भोट ब्रेक’, प्राविधिक झमेलाले रोकियो मतदान - www.sutranews.com

एमाले महाधिवेशनमा ‘भोट ब्रेक’, प्राविधिक झमेलाले रोकियो मतदान - www.sutranews.com
Source: sutr

काठमाडौं । नेकपा एमालेको जारी एघारौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान अन्तिम समयमा आएर स्थगित भएको छ। प्राविधिक समस्याका कारण मतदान बुधबार बिहान ८ बजेका लागि सारिएको हो। निवर्तमान महासचिव शंकर पोखरेलले भने, ‘आज प्राविधिक कारणले मतदान हुन सकेन। अब भोलि बिहान ८ बजे भृकुटीमण्डपमै मतदान हुन्छ।’ एमालेले विद्युतीय मेसिनमार्फत मतदान गर्ने तयारी गरेको थियो। तर उम्मेदवारहरूको अन्तिम नामावली ढिला प्राप्त हुँदा समस्या देखिएको हो। मेसिन उत्पादक कम्पनीले सोमबार राति मात्र उम्मेदवारहरूको सूची पाएको थियो। त्यसपछि इन्ट्रीको काम अघि बढाइए पनि पार्टीको निर्वाचन आयोगले नामहरू वर्णानुक्रम अनुसार सच्याएर पठाएपछि पहिल्यै इन्ट्री गरिएको डेटा फेरि मिलाउनुपर्ने अवस्था आएको थियो। यही प्रक्रियामा अपेक्षाभन्दा बढी समय लागेपछि तोकिएको समयमा मतदान सुरु हुन नसकेको जनाइएको छ। मतदानका लागि भृकुटीमण्डपमा एक सयवटा विद्युतीय मेसिन राख्ने तयारी छ। निर्वाचन आयोगले यसअघि साँझ ८ बजेदेखि मतदान सुरु हुने सूचना सार्वजनिक गरे पनि अन्तिम समयमा आएर कार्यतालिका फेरिएको हो।