मधेशको राजनीतिक ध्रुवीकरणसँगै तराई केन्द्रित दलमा के पाक्दै छ? - www.bbc.com
Keshav Jha मधेश प्रदेश सरकार गठनको पछिल्लो कदमले काठमाण्डूसम्म तरङ्ग उत्पन्न गरिदिएको देखिएको छ।आफ्नो पार्टीको महाधिवेशन बहसमा केन्द्रित नेपाली कांग्रेसका साथै राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका नेताहरूले सरकार गठनप्रति तीव्र असहमति जनाएका छन्।प्रदेश प्रमुखले सबैभन्दा ठूलो दलको हैसियतले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि विवाद चर्किएको हो।त्यससँगै विरोध प्रदर्शन भएको छ। प्रदेश सांसद र नेता-कार्यकर्ताले मुख्यमन्त्री, प्रदेश प्रमुखको कार्यालय र मन्त्रालयहरूमा तालाबन्दी र तोडफोड समेत गरेका छन्।निशानामा एमाले, अन्य दल आक्रोशित Makika Jha प्रदेश सांसद र नेता-कार्यकर्ताले मुख्यमन्त्री, प्रदेश प्रमुखको कार्यालय र मन्त्रालयहरूमा तालाबन्दी र तोडफोड समेत गरेका छन् आफूले नियुक्त गरेका प्रदेश प्रमुखलाई उपयोग गरेर एमालेले चलखेल गरेको आरोप अन्य विभिन्न दलहरूले लगाएका छन्।त्यस कदमविरुद्ध सङ्घीय लोकतान्त्रिक मोर्चासहित जनमत पार्टी, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी) एक ठाउँमा देखिएका छन्।राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झाले प्रदेश प्रमुखमाथि संविधान उल्लङ्घन गरेको आरोप लगाउँदै उनलाई हटाउन राष्ट्रपतिलाई आग्रह गर्नुपर्ने धारणा फेसबुकमा सार्वजनिक गरेका छन्।उनले भनेका छन्, "सबै मिलेर एमालेविहीन मधेश प्रदेशको सङ्कल्प लिऊँ।"उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी, महतोको राष्ट्रिय मुक्ति पार्टी, हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टी, वृषेशचन्द्र लाल तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र केपी पालुङ्वाको नेपाल जनमुक्ति पार्टी मिलेर सङ्घीय लोकतान्त्रिक मोर्चा बनाएका छन्।त्यसमा नरहेको जनमत पार्टीका अध्यक्ष सीके राउतले त स्वायत्त मधेश घोषणको अवसर आएको धारणा सार्वजनिक गरेका छन्। पहिचानवादीको निसानामा फेरि केपी ओलीसङ्घसँगै प्रदेशमा सरकार फेरिने थिति रोक्ने उपाय के हो? एकता प्रयासमा असर कस्तो? Keshav Jha मधेश प्रदेशमा एमाले नेतृत्वको सरकार गठनले थप ध्रुवीकरण गराइदिएको देखिएको छ।तर त्यसले मधेश केन्द्रित र पहिचानवादी दलहरूबीच एकता, एकीकरण र सहकार्यको बिस्तार प्रयासलाई कस्तो असर गर्ला?नेता केशव झाले पछिल्लो प्रकरणले त्यसलाई थप बल दिने बताए। "यो कदमले स्थायित्वको निम्ति एकताको खाँचो झन् देखायो," उनले बीबीसीसँग भने, "मिलेर गइएन भने यस्ता खेल भइरहन्छन्।"नवगठित सरकारमा एक-एक सांसद रहेका रिजवान अन्सारी नेतृत्वको नेपाल सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मन्त्री बने।तर राप्रपाले मन्त्रीबाट राजीनामा दिन आफ्ना सांसदलाई निर्देशन दिएको समाचारहरूमा जनाइएको छ।विगतमा सत्ताको खेल चल्दा दल र सांसदहरू तानातान हुने गरेको पाइन्छ।तर नेता झाले भने, "संविधानविरोधी सत्ताको खेलको प्रलोभनले हाम्रो एकता र मोर्चालाई प्रभावित पार्दैन।"उपेन्द्र-महन्थसहित मोर्चाभित्र निकटता बढ्दै? RSS मोर्चाभित्र सात पार्टीका प्रतिनिधि रहेको सचिवालय बनाइएको छ। त्यसले लोसपा नेपालको कार्यालयमा सचिवालय बनाएर एकता, तालमेल र एकीकरण लगायतका विषयमा छलफल चलाउने गरेको पाइएको छ।जानकारहरूका अनुसार उपेन्द्र यादवसँगको राजनीतिक कटुताले हुनसक्छ राजेन्द्र श्रेष्ठ र अशोक राई नेतृत्वको जसपा उक्त मोर्चा गठन प्रक्रियामा सहभागी भएन। छलफलमा भाग लिएको जनमत पार्टी पनि पछि मोर्चामा जोडिएन।लोसपा नेपालका नेता सर्वेन्द्रनाथ शुक्ल एकीकरणको निम्त जसपा नेपाल र तमलोपा लगायतसँग छलफल भइरहेको बताउँछन्।"सकारात्मक र सन्तोषजनक कुरा अघि बढेको छ। मोर्चालाई निर्वाचनमा सिट बाँडफाँट गरेर अघि बढाउने अनि जोसँग सम्भव हुन्छ एकीकरण गर्ने नीति छ," नेता शुक्ल भन्छन्, "सचिवालयले गरिरहेको अभ्यासनै एकताको प्रतीक हो, त्यसकै माध्यमबाट सजिलै एकता अघि बढ्छ।" ‘साथीहरू जेलमा, हामी कसरी सरकारमा जाने?’एक अध्यक्षले अर्कोलाई निष्कासन, तर जसपा कानुनी रूपमा अझै एक जसपा नेपालका नेता मनिष सुमनका अनुसार उनको पार्टीले पनि बिचार, मुद्दा र सिद्धान्त मिल्ने मधेशवादी, जनजाति र आदिवासी पार्टी संवाद चलाइरहेको छ।विश्वासको मत नलिएर मुख्यमन्त्रीबाट राजीनामा दिएका लोसपाका नेता जितेन्द्र सोनलको नेतृत्वमा सरकारमा सहभागिताले पनि सहकार्यको वातावरण बनाएको उनको ठम्याइ छ।"सके पार्टीनै एक बनाएर जाने, नसके कमसेकम गठबन्धन बनाएर जाने कुराको एउटा सूचक थियो," सुमन भन्छन्, "चुनावसम्म मधेश र पहिचानको राजनीति गर्नेहरू यही आकारमा रहँदैनन्। बिचार मिल्ने थुप्रै एक ठाउँमा आउँछौँ। समय आएपछि परिणाम देखिन्छ।"विगतको कटुता र वाम विरासतको भूमिका BBC पार्टी छाडेर गएकाहरूलाई फर्किन आह्वान गर्ने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको कदम मुख्य रूपमा पार्टी विभाजन गरेर नयाँ जसपा गठन गरेका श्रेष्ठ-राईको दल लक्षित ठानिएको छ।पार्टीको सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले विभिन्न दलहरूबाट एकता प्रस्ताव आइरहेको बताए।पार्टीको कार्तिक २०मा सम्पन्न बैठकले एकता वार्ता, मोर्चा गठन वा तालमेलको निम्ति उनकै नेतृत्वमा सात सदस्यीय समिति बनाएको छ। मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि गठबन्धनभित्रै 'मतभेद'नयाँ राजनीतिक शक्ति खोज्दै राजेन्द्र महतो उनका अनुसार जसपाले 'परिणाममुखी पार्टी एकता, आजको अपरिहार्य आवश्यकता' भन्ने नीति लिएको छ। "त्यसको निम्ति पहिलो नीति, सिद्धान्त र बिचारमा मेल, दोस्रो सङ्गठनात्मक पक्ष र तेस्रो कार्यशैली र भावनात्मक एकतासँग सम्बन्धित पक्ष हुनेछन्," उनी भन्छन्, "त्यसमा मिल्ने कुरा भएछ भने एकीकरणको पक्षमा उभिन्छौँ। नभए मोर्चा वा गठबन्धन बनाएर चुनावमा जान सक्छौँ।"विगतको विभाजनको समीक्षाबिना पुनः एकतातर्फ नलाग्ने सङ्केत उनले दिए। सैद्धान्तिक छलफल नगरेरै जसपा नेपाल बनेको उल्लेख गर्दै उनी भन्छन्, "जहाँ छुँदा पोल्छ भन्ने थाहा छ, त्यही आगोमा फेरि हात हाल्नु हुँदैन।"नेता सुमनको भनाइले पनि विगतको छोटो राजनीतिक सहकार्यप्रति असन्तुष्टि सङ्केत गर्छ। Rajendrashrestha/facebook "यसपटक हामी निर्वाचन वा अल्पकालिक होइन, दीर्घकालको लागि केही गरौँ भन्ने उद्देश्यका साथ सहकार्य चाहन्छौँ, जनता र कार्यकर्ताको इच्छा पनि त्यही हो," उनी भन्छन्।श्रेष्ठ र राई दुवै एमालेका पुराना पूर्वनेता हुन्। वामपन्थी वृत्तमा देखिएको ध्रुवीकरणले पनि उनीहरूलाई आकर्षित गर्ने कतिपयको आकलन पाइन्छ।नेता श्रेष्ठका अनुसार एकीकरणअघि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग पनि एकताको निम्ति छलफल भएको थियो। नेत्रविक्रम चन्द, जनार्दन शर्मा र घनश्याम भुसालले पनि नयाँ राजनीतिक अग्रसरता लिएका छन्। उनीहरूले संयुक्त वक्तव्यमा भनेका छन्, "सबै प्रतिबद्ध कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा देशभक्तहरूसँग सार्थक संवाद, छलफल र सहकार्यका लागि आह्वान गर्दछौँ।"श्रेष्ठका भनाइमा उनीहरूसँग वार्ता भएको छैन। "तर समाजवादी मोर्चामा रहँदा हामीबीच केही वैचारिक धार निकट थियो। छलफल अघि बढाउँछौँ," उनले बताए। facebook/ckraut पहिचान पक्षधरको नयाँ राजनीति ध्रुव?जानकारहरूका भनाइमा आफूहरूले लामो राजनीति गरेको एमालेसँग श्रेष्ठ र राईको मुख्य असहमतिको एउटा विषय त्यो पनि हो।विगतमा मधेश केन्द्रित राजनीति गरेका राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी नेपाल अहिले आदिवासी जनजाति लगायतको पहिचान र अधिकारलाई पनि राजनीतिक आधार बनाउन अग्रसर देखिएको छ।उक्त दलका नेता झाका अनुसार एकताको निम्ति केपी पालुङ्वाको नेपाल जनमुक्ति पार्टी र श्रेष्ठ-राईको पार्टी जसपासँग छलफल चलिरहेको छ तर निष्कर्ष निस्किएको छैन। मधेशकेन्द्रित दलको नयाँ मोर्चाका उद्देश्यसँग त्यसको सामर्थ्यको लेखाजोखाफेरि हातेमालो गर्दै मधेशकेन्द्रित दलहरू, आवश्यकता कि बाध्यता? उनको दलको प्राथमिकतामा जसपा नेपालका उपेन्द्र यादवसँग राजनीतिक लडाइँ रहेको ठानिने जनमत पार्टी र अनिल झाको पार्टी पनि छन्।"सङ्घीय लोकतान्त्रिक मोर्चाभित्रका सात पार्टीबीच सहकार्य गर्ने कुरा छ," उनले पहिचानतर्फको आफ्नो पार्टीको प्राथमिकता थप सङ्केत गर्दै भने, "जेन जी आन्दोलनबाट पहिचान पक्षधर पार्टी जन्मिएछन् भने उनीहरूसँग पनि सहकार्य गर्छौँ।"त्यस्तै थारु समुदायमा पकड देखिएको नागरिक उन्मुक्ति पार्टी पनि पहिचानको राजनीति गर्नेहरूको प्राथमिकतामा देखिन्छ।यसअघि मधेशको अधिकार र पहिचानमा केन्द्रित नेताहरू बारम्बार एकता र विभाजनपछि पुनः सहकार्यको निम्ति प्रयासरत छन्।तर त्यस बाहेकका पहिचान पक्षधरलाई नयाँ राजनीतिक ध्रुवमा एकीकृत बन्ने बनाउने प्रयास भइरहेको पनि ठानिएको छ।पुरानै नेतृत्वमा निर्भर दलमा जेन जी आन्दोलनको कति असर? Reuters नेता राजेन्द्र श्रेष्ठले जेन जी आन्दोलनपश्चात् समाज र राजनीतिको पुनर्संरचना भइरहेको ठानेका छन्।त्यसले ७०-८० वर्षदेखि क्रियाशील पार्टीहरूलाई पनि नयाँ ढङ्गको चुनौती दिएको उनको आकलन छ।प्रमुख पार्टीहरूभित्र चर्किएको नेतृत्व परिवर्तनको असर भने मधेश केन्द्रित र पहिचान पक्षधर दलहरूमा देखिएको छैन।पुस महिनाभित्र पार्टी महाधिवेशन गर्न लक्ष्य दिएको लोसपाका नेता सर्वेन्द्रनाथ शुक्लका अनुसार उनको पार्टीमा पनि त्यो विषय उठेको छ, अध्यक्ष महन्थ ठाकुरले पनि युवा अघि आउनु पर्ने बताएका छन्।यसअघि पदाधिकारी बैठकबाट निर्णायक तहमा युवाहरूको 'यथेष्ट र सक्षम प्रतिनिधित्व हुनुपर्ने' निर्णय गरिएको बताउँदै नेता शुक्ल भन्छन्, "व्यक्ति फेरेर मात्रै नेतृत्व परिवर्तन हुँदैन। बिचार र नेतृत्व-समूहमै परिवर्तन भएमा नेतृत्व परिवर्तन प्रभावकारी हुन्छ। हामी त्यही प्रयासमा छौँ।" चुनावअघि 'नेतृत्व परिवर्तनको दबाव'मा दलहरूनेतृत्व परिवर्तन : माओवादीमा 'हुन्न', देउवा-ओलीको पक्षमा कायम 'दृढता'को लेखाजोखा केही महिनाअघि महाधिवेशन गरेको जसपा नेपालमा नेतृत्व तत्काल परिवर्तनको सम्भावना नरहेको बताइन्छ।"हाम्रो पार्टीको महाधिवेशन भर्खरै सकिएको हो, नेतृत्वमा आउने प्रक्रिया हुन्छ। त्यसैले हाम्रो नेतृत्व परिवर्तनको निम्ति अर्को महाधिवेशननै कुर्नुपर्छ," मनिष सुमनले बताए।जेन जी आन्दोलनले सुशासन र समृद्धिलाई प्राथमिकता दियो बताउने राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झाका भनाइमा उनको दलले अधिकार र पहिचानको पनि कुरा गर्ने हुनाले नेतृत्व र विचारमा नयाँपन नै छ।"शैली भने अलिअलि कांग्रेस, एमाले र माओवादीको जस्तो पनि छ। त्यसमा अहिले छलफल चलाउँदा निर्वाचनको निम्ति समय कम भएकाले तत्काल नेतृत्व परिवर्तन सम्भव देखिएको छैन," झाको तर्क छ, "त्यो विषय उठाउँदा ससाना पार्टी मिल्ने कुरा पनि झन् टाढा जान्छ। त्यसैले हामीले अहिले सहकार्यलाई प्राथमिकता दिएका छौँ।"बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।