Redirecting...

एपिएफ र कराँची सिटी खेल्दै - www.hamrokhelkud.com

एपिएफ र कराँची सिटी खेल्दै - www.hamrokhelkud.com
Source: hkhe

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा ४ अंक जोडेको छ र टोली दोस्रो स्थानमा छ। यस्तोमा ३ खेलमा २ अंकसहित तेस्रो स्थानमा रहेको कराँची सिटी एफसीसँग आज एपिएफले खेल्नेछ। एपिएफ र कराँची सिटीको खे‌ल दिउँसो २ बजे सुरु हुनेछ। लिग चरणको अन्तिम खेल अघि फाइनलमा स्थान सुरक्षित गर्ने सम्भावना‌ बनाउनका लागि एपिएफले आजको खेल जित्नुपर्ने छ । आजको खेलमा हार वा बराबरीले एपिएफले फाइनल पुग्नका लागि इस्ट बंगालसँगको खेल र बाँकी खेलको नतिजा कुर्नुपर्ने हुन्छ। एपिएफले पहिलो खेलमा बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीलाई ४-० ले हराउँदै दमदार सुरुवात गरेको थियो। तर दोस्रो खेलमा भने भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग बराबरीमा रोकिएपछि आजको खेलमा एपिएफ दबाबमा हुनेछ। ट्रान्सपोर्टको पनि २ अंक छ। नसरिनको १ अंक छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गरेको च्याम्पियनसिपमा ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता छ । सिंगल राउन्ड रोबिनपछि शीर्ष २ टोलीेले फाइनल खेल्नेछन् । The post एपिएफ र कराँची सिटी खेल्दै first appeared on हाम्रो खेलकुद.