एनआरएनए अधिवेशन : ५८ देशमा एनसिसी सम्पन्न - nagariknews.nagariknetwork.com
Source: ngrk
गैरआवासीय नेपाली संघ (एनआरएनए)को ५८ वटा राष्ट्रिय समन्वय समिति (एनसिसी) को अधिवेशन सकिएको छ । एनआरएनएकी वरिष्ठ सञ्चार तथा वैदेशिक रोजगार अधिकृत इन्द्रलक्ष्मी घिमिरेका अनुसार, सबैभन्दा धेरै युरोपबाट २५ देशमा एनसिसी सकिएको हो । यस्तै एसिया प्यासिफिकबाट १०, अफ्रिकाबाट ९, अमेरिकाजबाट ५, मध्यपूर्वबाट ६ र ओसिनियाबाट ३ देशमा अधिवेशन सम्पन्न भएको हो । यस्तै एनआरएनएको २०२५–२०२७ कार्यकालका लागि कुल ८० हजार ३६२ जना सदस्यता स्वीकृत भएका छन्। घिमिरेका अनुसार, एशिया प्यासिफिकबाट २२ हजार ३७९, अमेरिकाजबाट १६ हजार ७६४, ओसिनियाबाट १६ हजार ५३८, युरोपबाट १२ हजार २०१, मध्यपुर्वबाट ११ हजार ५७३ र अफ्रिकाबाट ९०७ सदस्यता थप भएको हो ।