बझाङको जयपृथ्वी ९ ‘घरमा सुत्केरी नहुने’ वडा घोषणा - swasthyakhabar.com
Source: swkh
संघीयता कार्यान्वयन पश्चात् सुदूरपश्चिम प्रदेशका ८८ पालिका मध्ये यस्तो घोषणा गर्ने यो पहिलो वडा बनेको छ। जयपृथ्वी नगरपालिकाले विगत चार वर्षदेखि अघि सारेको नीति तथा लक्ष्य अनुरूप समुदाय स्तरमा सञ्चालित विभिन्न जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य सेवाको सुदृढीकरणले यो सफलता सम्भव भएको हो।