Redirecting...

गुल्शनलाई एसजीको प्रायोजन - www.hamrokhelkud.com

गुल्शनलाई एसजीको प्रायोजन - www.hamrokhelkud.com
Source: hkhe

काठमाडौं (हाम्रो खेलकुद)- क्रिकेट किट कम्पनी सान्सपरेइल्स ग्रिनल्याण्ड्स (एसजी)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर गुल्शन झासँग एक वर्षे प्रायोजन सम्झौता गरेको छ। हिमालयन विलोको संयोजनमा शुक्रवार सम्झौता भएको हो। यसअघि हिमालयन विलोले नन्दन यादवलाई ब्राण्ड एम्बासडर तथा सन्दिप जोरालाई केजीको प्रायोजनको पहल गरेको थियो। हिमालयन विलोका सिइओ तथा कोफाउण्डर प्रदिप यादवले आगामी दिनमा अन्य खेलाडीसँग पनि सहकार्य गर्ने योजना रहेको जानकारी दिए। गुल्शनले एसजी आफ्नो बाल्यकालदेखिको सपना भएको र त्यो सपना अब पूरा भएको बताए। साथै, उनले यो सहकार्य सम्भव बनाइदिएकोमा हिमालयन विलोलाई धन्यवाद दिए ।The post गुल्शनलाई एसजीको प्रायोजन first appeared on हाम्रो खेलकुद.