Redirecting...

एमाले महाधिवेशनः अहिलेसम्म खस्यो ८०२ भोट - kendrabindu.com

एमाले महाधिवेशनः अहिलेसम्म खस्यो ८०२ भोट - kendrabindu.com
Source: kend

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार साँझ ५ बजेसम्म ८०२ मत खसेको हो । बिहान करिब ९ बजेबाट मतदान सुरु भएको थियो । बिहान नौ बजेदेखि सुरु भएको मतदानमा ८० वटा मेसिन प्रयोग भइरहेको छ । उत्साह साथ प्रतिनिधि मतदानमा सहभागी भए पनि मतदान प्रक्रियाले लामो समय लिएको हो । एमाले महाधिवेशनमा जम्मा २ हजार २ सय ६३ प्रतिनिधिरहेका छन् । एक जनालाई मतदान गर्न कम्तिमा ३० मिनेट समय लाग्ने गरेको पाइएको छ । चुनावी प्रतिस्पर्धामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा दुई अलग–अलग प्यानल रहेका छन्।