Redirecting...

देशमा भ्रष्टाचारले सीमा नाघ्यो : राजेन्द्र श्रेष्ठ - www.pardafas.com

देशमा भ्रष्टाचारले सीमा नाघ्यो : राजेन्द्र श्रेष्ठ - www.pardafas.com
Source: pfds

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले देशमा भ्रष्टाचारले सीमा नाघेको बताएका छन् ।शनिवार काठमाडौँमा जनता समाजवादी पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भ्रष्टाचार उन्मुलुन गर्न जरुरी रहेको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै भ्रष्टाचारीको आँखै हेर्दिन भन्ने गरेपनि त्यसअनुसार काम अघि बढ्न नसकेको टिप्पणी गरे । उनले भ्रष्टाचार बढ्नुको मुख्य कारण प्रत्यक्ष निर्वाचन प्रणाली रहेको बताए । करोडौँ पैसा खर्च गरेर निर्वाचन जित्ने र त्यसपछि मन्त्री, मुख्यमन्त्री, सांसद, पालिका प्रमुख, वडा अध्यक्ष भएर असुल्ने प्रवृत्तिका कारण भ्रष्टाचार मौलाइरहेको बताए । मन्त्रीहरूले नीतिगत निर्णयमा हस्ताक्षर गर्ने कारण पनि भ्रष्टाचार बढेको उनको निष्कर्ष छ । उनले भने ‘आज देशमा भ्रष्टाचारले सीमा नाघिरहेको अवस्था छ । किन भ्रष्टाचार हुन्छ, त्यो भ्रष्टाचारलाई उन्मुलन गर्नुपर्छ । भ्रष्टाचारीको आँखै हेर्दिन जस्ता अनेकौँ कुराहरू भनिइरहिएको छ । मुखै हेर्दिन भनिएको छ । यसको मुख्य कारण भनेको एउटा निर्वाचन प्रणाली हो । जसमा प्रत्यक्ष निर्वाचनमा करोडौँ पैसा खर्च गरेर जितेर आउने, सावाँ ब्याज चाही सांसद मन्त्री भएपछि विभिन्न पालिकाका, मेयर, अध्यक्ष वा प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरू भएपछि असुल्ने प्रवृत्तिले गर्दा यो समस्या जन्मिएको छ । निर्वाचन प्रणालीको कारण हो । अर्को भनेको मन्त्रीहरूले नीतिगत निर्णयमा सही गर्दछन् । कार्यान्वयन ब्युरोकेट्सहरुले गर्ने, आदेश दिने मन्त्रीहरू हुन्छ, भोलि कुनै फाइलमा समस्या भयो, भ्रष्टाचार भयो भन्ने आयो भने समाउने सचिव र सहसचिवहरूलाई हो । तर नेताहरू जो आदेश दिन्छन् र त्यसबाट पैसा कमाउँछ, कहिले ७० करोड हान्दिएको छु भन्छ, कहिले के भनिरहेको छ । कति टेप काण्डहरू भइरहेको हुन्छ, उनीहरू गिरफ्तार हुँदैनन् । जसले निर्णय गर्दछ, उसले नै जबाफदेहिता लिने हो भने नेताहरूले त्यस्तो गलत आदेश दिँदैनन् । यी कुराहरू सच्याएर जानुपर्छ ।’ अध्यक्ष श्रेष्ठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै अहिले फलानो राजनीतिमा आउनु हुन्छ की हुँदैन भन्नेमा बहस भइरहेको बताए । एउटा नेता परिवर्तन हुने कुराले खासै फरक नपार्ने तर एजेण्डा लिएर अघि बढ्दा राम्रो हुने बताए । अहिलेको संसदीय व्यवस्थाअनुसार पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन नमिल्ने बताए ।