Redirecting...

महासचिवका उम्मेदवार पोखरेल र पाण्डेले लिए मतदान गर्न १८/१८ मिनेट - corporatekhabar.com

महासचिवका उम्मेदवार पोखरेल र पाण्डेले लिए मतदान गर्न १८/१८ मिनेट - corporatekhabar.com
Source: cork

काठमाडौँ । एमाले महाधिवेशनमा भइरहेको मतदानका क्रममा महासचिव पदका दुवै उम्मेदवार शंकर पोखरेल र सुरेन्द्र पाण्डेले मतदानका लागि बराबरी समय १८/१८ मिनेट लगाएका छन् । ३०१ केन्द्रीय सदस्य र पदाधिकारीहरूलाई मतदान गर्न महासचिवका दुवै उम्मेदवारलाई १८/१८ मिनेट लागेको मतदानस्थलमा रहेकी एमाले नेतृ कोमल ओलीले जानकारी दिइन्। एमाले केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार एकजना मतदातालाई मतदानका लागि २ घन्टा ५ मिनेटसम्म समय लागेको थियो। सबैभन्दा छिटो मतदान गर्नेले ९ मिनेटमा सिध्याएको जानकारी पनि उनले दिए । अध्यक्ष पदका दुई उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदानका लागि ४०/४० मिनेट लागेको जानकारी पनि आयोगले दिएको छ ।बिहान ९ बजेर १२ मिनेटमा सुरु भएको मतदान प्रक्रियाका क्रममा बेलुका ५ बजेर २ मिनेटसम्म ८ सय २ जनाले मतदान गरेका छन् । The post महासचिवका उम्मेदवार पोखरेल र पाण्डेले लिए मतदान गर्न १८/१८ मिनेट appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.