थुनामा राख्ने आदेश खारेजीको मागसहित दुर्गा प्रसाईं पुगे उच्च अदालत - www.sutranews.com
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं आफूलाई थुनामा राख्ने काठमाडौं जिल्ला अदालतका आदेश खारेजको माग गर्दै उच्च अदालत पाटन पुगेका छन् । गत जेठ २९ गते काठमाडौं जिल्ला अदालतले राज्यविरूद्धको कसुर, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, आपराधिक उपद्रव र संगठित अपराध कसुर गरेको अभियोग लागेका प्रसाईंलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सोही आदेशअनुसार हाल कारागार जीवन बिताइरहेका उनले सो आदेश खारेजको माग गर्दै उच्च अदालत पाटन पुगेका हुन् । गत असार ६ गते प्रसाईंसहित सुशील बराल, डण्डपाणी रेग्मी र तारा राजावादी भन्ने सरोज गौतमले जिल्ला अदालतको आदेश खारेज गरी आफूहरुलाई थुनामुक्त गर्न आदेश माग गर्दै निवेदन दिएका हुन्। सोही निवेदनमाथि उच्च अदालत पाटनका न्यायाधीशहरू टंकप्रसाद गुरूङ र डिल्लीरत्न श्रेष्ठको इजलासमा बिहीबारदेखि सुनुवाइ भइरहेको हो। शुक्रबार ‘हेर्दाहेर्दै’ सकिएको छ । याे मुद्दामा बिहीबारबाट सुनुवाइ थालिएकाे हाे ।