निर्वाचन स्थलबाट ईश्वर पोखरेलले भने- परिणाम जस्तो आएपनि स्वीकार्य छ - www.pardafas.com
नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले निर्वाचनको परिणाम जस्तोसुकै आएपनि स्वीकार्य हुने स्पष्ट पारेका छन् । बुधवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पोखरेल यस्तो बताएका हुन् । उनले पार्टीभित्र प्रतिष्पर्धाको राजनीति एमालेले आत्मसाथ गरेको सिद्धान्त भएको भन्दै यसलाई अन्यथा लिन नहुने समेत बताए । उनले पार्टीभित्र हुने प्रतिष्पर्धाले पार्टीलाई तप मजबुत र लोकतान्त्रिक बनाउन सहयोग पुग्ने भन्दै प्रतिष्पर्धालाई अस्वभाविक रूपमा लिन नहुने बताए । ‘पार्टीभित्र प्रतिष्पर्धाको राजनीति भनेको हामीले आत्मसाथ गरेको विचार हो । त्यसकारण यसलाई के के न होला भनेर सोच्नुहुदैन । अरु पार्टीले यस्तो गरेको भए ओहो उत्पात राम्रो भनिन्थ्यो । एमालेले प्रतिष्पर्धाको अभ्यास गर्दाखेरी यो त राम्रो हो भन्नुपर्यो नि । प्रतिस्पर्धा गर्न तयार हुनेले प्रतिस्पर्धाबाट प्राप्त हुने परिणामलाई पनि स्वीकार गर्छ । हामी स्वीकार्छौं’ उनले भने । उनले महाधिवेशन प्रतिनिधिहरुले स्वविवेक प्रयोग गर्ने भन्दै उनिहरुको मतको कदर गर्दै अगाढि बढ्नुपर्नेमा जोड दिए ।