Redirecting...

सुदूरपश्चिमबाट राष्ट्रिय सभामा एमालेकी भण्डारी र कांग्रेसका खाती विजयी - www.pardafas.com

सुदूरपश्चिमबाट राष्ट्रिय सभामा एमालेकी भण्डारी र कांग्रेसका खाती विजयी - www.pardafas.com
Source: pfds

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले)की लीला कुमारी भण्डारी र नेपाली कांग्रेसका खम्मबहादुर खाती विजयी भएका छन्। प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले महिला समूहबाट भण्डारी अन्यबाट खाती विजयी भएको बताएका छन् । उनका अनुसार भण्डारीले ३ हजार ९८४ मत पाइन् । उनकी प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीकी रोजी बस्नेतले १ हजार ६ सय ७६ मत पाइन् । अन्य समूहबाट कांग्रेसका खम्मबहादुर खाती ३ हजार ९ सय ६९ मतसहित विजयी भए । उनका प्रतिद्वन्द्वी नेकपाका टीकाराम जैशीले १ हजार ८०५ मत पाए । खाती पूर्वमहान्यायाधिवक्त पनि हुन् । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ५३ र पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको मतभार १९ थियो । यहाँ कूल २ सय २४ मतदाता थिए । जसमा ४९ प्रदेश सभा सदस्य र १७१ पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष थिए । तीमध्ये २२० जनाले मतदान गरे ।