Redirecting...

सरकारको निर्णय : बाढीपहिरोमा परेर निधन भएकाको परिवारलाई तत्काल राहत, घाइतेको निःशुल्क उपचार - www.sutranews.com

सरकारको निर्णय : बाढीपहिरोमा परेर निधन भएकाको परिवारलाई तत्काल राहत, घाइतेको निःशुल्क उपचार - www.sutranews.com
Source: sutr

काठमाडौं । सरकारले बाढीपहिरोमा परेर निधन भएकाको परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठकले बाढीपहिरोमा परेर मृत्यु भएकाको परिवारलाई तत्काल राहत उपलब्ध गराउने र घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको हो । स्थानीय तहसँग समन्वय गरेर राहत उपलब्ध गराउने र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिने बैठकले निर्णय गरेको हो । ‘स्थानीय तहसँग समन्वय गरी मृतकका परिवारलाई मापदण्डबमोजिम तत्काल राहत उपलब्ध गराउन र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिने,’ निर्णयमा उल्लेख छ । विपद् प्रभावित व्यक्ति तथा परिवारलाई राहत, स्थानान्तरण तथा पुनर्स्थापितसम्बन्धी कार्य यथाशीघ्र सम्पन्न गर्न सम्बन्धित स्थानीय तह र सरोकारवाला निकायलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ । गत शुक्रबारदेखि हालसम्म देशका विभिन्न स्थानमा भारी मात्रामा परेको अविरल वर्षा र त्यसबाट घटेका घटनाप्रति दुःख व्यक्त गरेको बैठकले मृतकहरूमा हार्दिक श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।