Redirecting...

प्रधानमन्त्रीले राजीनामा दिन भनिन्, कुलमानले ‘अहिलेसम्म दलको सदस्य नै छैन’ भने - nagariknews.nagariknetwork.com

प्रधानमन्त्रीले राजीनामा दिन भनिन्, कुलमानले ‘अहिलेसम्म दलको सदस्य नै छैन’ भने - nagariknews.nagariknetwork.com
Source: ngrk

प्रधानमन्त्री सुशीला कार्की मंगलबार मन्त्रिपरिषद्मा आक्रामक प्रस्तुत भइन्। नागरिक सरकार दाबी गरिए पनि मन्त्रीहरू ‘चुनावी मोह’ले दलीय राजनीतिमा सक्रिय भइरहँदा प्रधानमन्त्री कार्की दबाबमा थिइन्। विशेष गरी ऊर्जा मन्त्री कुलमान घिसिङ, खेलकुद मन्त्री बब्लु गुप्ता पछिल्ला दिनमा रास्वपाको दलीय गतिविधिमै सक्रिय थिए। सञ्चार मन्त्री जगदीश खरेललाई पनि चुनावी मोहले छोएको देखिन्छ। उनी पनि रास्वपाबाट ललितपुरमा चुनाव लड्ने चर्चा छ। यही चर्चाका बिचमा सरकारलाई कतिपयले रास्वपाको सरकार भनेर पनि टिप्पणी गर्न थालेका छन्। जसले जेन–जी आन्दोलनपछि संक्रमणकालका लागि निर्वाचन गराउन बनेको सरकारको निष्पक्षतामै प्रश्न उठिरहँदा प्रधानमन्त्री कार्की मन्त्रीहरूसँग निर्मम प्रस्तुत भएको स्रोत बताउँछ। उनले चुनाव लड्ने वा दलीय गतिविधिमा लाग्ने चाहना भएका मन्त्रीहरूले मार्ग प्रशस्त गरेर जान नै सुझाव दिएकी थिइन्। त्यसबारे दिनभर सञ्चार माध्यम तातिरहेको छ। यसबिचमा ऊर्जा मन्त्री घिसिङले मंगलबार पत्रकार सम्मेलनमा त्यसबारे बोल्नु¥यो। तर, उनले राजीनामा दिने आशय भने देखाएनन्। बरु आफू ‘अहिलेसम्म कुनै पनि दलको सदस्य नै नभएको’ भन्दै छलछाम गर्न खोजे। ‘आजको मितिसम्म म कुनै पनि पार्टीको सदस्य छैन,’ घिसिङले पत्रकारको प्रश्नको जवाफ दिँदै भने।