त्रिवि स्टेडियममा गर्जिँदै शेर, ढकढक्याउँदै छन् राष्ट्रिय टिमको ढोका - farakdhar.com
Source: FRDH
नेपाली युवा अलराउन्डर शेर मल्लले नेपाल प्रिमियर लिग (एनपिएल) को जारी सिजनमा सानदार प्रदर्शन गरिरहेका छन् । लुम्बिनी लायन्सबाट लिग खेलिरहेका उनले ब्याटिङ/बलिङबाटै उत्कृष्ट प्रदर्शन गरिरहेका हुन् । शेरले ६ खेलमा ७.१५ को इकोनमीमा ८ विकेट लिइसकेका छन् । एनपिएल २०२५ मा उनले लिगको पहिलो खेलमा विकेट लिन नसके पनि किफायती बलिङ गरे । शेरले चितवन राइनोजविरुद्धको त्यस खेलमा चार ओभरमा बिनाविकेट २१ रन मात्र दिए । दोस्रो खेलमा भने उनले विकेटको खाता खोले । शेरले कर्णाली याक्सविरुद्धको ख...