Redirecting...

डब्लुएफकेओको रेफ्री तथा प्रशिक्षक सेमिनार सुरु - www.hamrokhelkud.com

डब्लुएफकेओको रेफ्री तथा प्रशिक्षक सेमिनार सुरु - www.hamrokhelkud.com
Source: hkhe

काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुल कन्ट्याक्ट किकबक्सिङ संगठन (डब्लुएफकेओ) को आयोजना बेल्ट ग्रेडिङ, रेफ्री तथा प्रशिक्षक सेमिनार सुरु भएको छ। कार्यक्रममा डब्लुएफकेओका अध्यक्ष ब्रायन डब्लु बेकको उपस्थिति थियो। पूर्व युवा तथा खेलकुदमन्त्री विराज भक्त श्रेष्ठले खेलकुदको माध्यमबाट युवामा अनुशासन, आत्मविश्वास र नेतृत्व विकास हुने विश्वास व्यक्त गरे । डब्लुएफकेओ नेपालका महासचिव बिन्दा नेपालीले भोलिदेखि ४ दिने बेल्ट ग्रेडिङ, रेफ्री प्रशिक्षण तथा प्रशिक्षक तालिम सेमिनार किकबक्सिङ खेलको अन्तर्राष्ट्रिय स्तरको ज्ञान, सीप र मूल्यांकन विधिमा केन्द्रित हुने बताइन् । डब्लुएफकेओका अध्यक्ष बेकले भने,’नेपालमा किकबक्सिङप्रतिको लगाव र समर्पण अद्भुत छ। यो सेमिनारले नेपालको किकबक्सिङ प्रतिभालाई विश्व मञ्चमा पुर्‍याउने लक्ष्य लिएको छ।’The post डब्लुएफकेओको रेफ्री तथा प्रशिक्षक सेमिनार सुरु first appeared on हाम्रो खेलकुद.