Redirecting...

उत्तराखण्डको बाढीमा पाँच नेपाली सम्पर्कविहिनः नेपाली दूतावास - mahendranagarpost.com

उत्तराखण्डको बाढीमा पाँच नेपाली सम्पर्कविहिनः नेपाली दूतावास - mahendranagarpost.com
Source: madn

काठमाडौं: भारतको उत्तराखण्ड प्रदेशको उत्तरकाशी जिल्लामा आएको बाढीपहिरोमा पाँच नेपाली सम्पर्कविहिन रहेको नयाँदिल्लीस्थित नेपाली दूतावासले जानकारी दिएको छ । उत्तराखण्ड प्रहरीले दूतावासलाई उपलब्ध गराएको विवरणअनुसार साउन २० गते आएको पहिरोमा परेकामध्ये हालसम्म ३७२ जनाको सकुशल उद्धार गरिएको छ भने घटनास्थलबाट दुईजनाको शव निकालिएको नेपाली दूतावासले जनाएको छ । उद्धार गरिएका र मृत्यु भएकामध्ये कुनै पनि नेपाली नागरिक छैनन् । उत्तराखण्डको पौडी गढवाल जिल्लाको बागोडामा साउन २१ गतेमा आएको बाढीपहिरोमा पाँचजना नेपाली हराइरहेको दूतावासले प्रेस बिज्ञप्तिमार्फत जानकारी गराएको छ । सो बाढीमा चार जना नेपाली घाइते भएको घाइते भएका चारजना नेपालीमध्ये तीनजना घर फर्किसकेका छन् भने एकजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको अवस्था, हराइरहेका नेपालीहरूको खोजी तथा उद्धार, घाइतेको उपचार र आवश्यक सहयोगका लागि नेपाली दूतावासले निरन्तर रूपमा उत्तराखण्ड सरकारका सम्बन्धित निकाय र भारतको विदेश मन्त्रालयसँग समन्वय गरिरहेको नेपाली दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । सो बाढीमा २० भन्दा धेरै नेपाली हराइरहेको उनीहरुको परिवारले बताएका छन् । यद्यपी नेपाली दूतावासले यस विषयमा आधिकारिक सूचना पाउन सकेको छैन । The post उत्तराखण्डको बाढीमा पाँच नेपाली सम्पर्कविहिनः नेपाली दूतावास appeared first on MahendranagarPost.