उपत्यकाको एक फर्मलाई जरिवाना अर्कोलाई ताकेता - kendrabindu.com
Source: kend
काठमाडौं। बजार अनुमगनलाई तीव्र पार्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले एक फर्मलाई नगद जरिवाना गरेको छ । स्थललगत अनुमगनका क्रममा कैफिय देखिएपछि काठमाडौँ महानगरपालिका ११ ट्रमा सेन्टरको सुनिल क्यान्टिनलाई रु पाँच हजार जरिवाना गरेको छ । यस्तै, विभागले हेल्दी बाइट्म सर्भिसेज प्रालि चाबहिललाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र उपस्थित हुन भनेको छ । विभागले थप ११ फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । स्थानीय सरोकारवाला, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाहरुको उपस्थितीमा विभागले नियमित रुपमा बजार अनुमगन गरेर कानुन कार्यान्वयन गराउँदै आएको छ ।