कविताः छाउगोठ- पितृसत्ताको जेल - sahityapost.com
Source: shpt
गहुँत माग्न पनि आउँदैनस्यो छाउगोठ पनिमहिनौं देखिन् रित्तो छहेर्दा मोटिघाटी देख्छुकि कतै […] ए हर्के —कसको पाप बोकीतेरी चेलीले ? [थुक्क ! असत्ती] जमाना फेरियोमालिक !मेरी चेली त छाउ हुनै छाडीआजभोलि उसलाईकेवल — रजस्वला हुन्छ धन्यवाद छसम्माननीय सामाजिक सर, तपाईँको शिक्षा, चेतना र क्रान्तिकाम लाग्योहाम्रो घैंटोमा बेलैमा घाम लाग्यो अचेल;चेली घरभित्रै बस्छेभान्सातिर पस्छेदुध, दही, घिउ खान्छेखेतबारीमा जान्छेन कुनै द्यौता रिसाउँछन खाएको बिषाउँछल आफैँ हेर्नुस्चेली पनि स्वस्थ छेहामी पनि मस्त छौँर, यहाँ सब ठीक छ —मालिक तर आज —म अत्यन्तै दु:खी छु !अहो ! मैसाबको देहान्तछाउगोठमा भएछ ![पितृसत्ता मुर्दावाद][सामाजिक कुप्रथा मुर्दावाद] धनगढी उपमहानगरपालिका १३ राजपुर, कैलाली The post कविताः छाउगोठ- पितृसत्ताको जेल appeared first on साहित्यपोस्ट.