एशियाली पारा तेक्वान्दो च्याम्पियनशिपमा पलेशाले कांस्य जितिन् - ujyaaloonline.com
Source: unn
काठमाण्डाै – पलेशा गोवर्धनले १०औं एशियाली पारा तेक्वान्दो च्याम्पियनशिप (जी–४) मा कांस्य पदक जितेकी छन् । मलेशियाको कुचिङमा आज भएको प्रतियोगितामा पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य विजेता पलेशाले के–४४ क्याटगोरी अन्तर्गत महिला ५७ केजीमुनि उज्वेकिस्तानकी जुरेवा कमोलालाई पराजित गरी कांस्य जितेको प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् । चीनको शाङ्घाईमा अध्ययन गरिरहेकी पलेशा त्यत्तैबाट प्रतियोगितामा सहभागी हुन मलेशिया पुगेकी थिइन् । जुलाई २४ देखि आजसम्म भएको प्रतियोगितामा पलेशासहित पाँच जना खेलाडील...