गेटामा उपकुलपतिका लागि किन परेन दुवै पटक आवेदन ? - swasthyakhabar.com
Source: swkh
आवेदन नआएपछि आफूले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), त्रिवि शिक्षण अस्पतालसम्म पुगेर समेत त्यस्तो योग्यता भएको व्यक्ति खोजी गरेको बताए। उनले भने, 'एक त माथिको योग्यता पूरा भएको व्यक्ति पाउन मुश्किल छ। योग्यता नै पुगेको व्यक्ति काठमाडौंमा भर्खर करियर बनाइरहेका छन् र मासिक आमदानी ७-१२ लाखसम्म हुने रहेछ। गेटामा उपकुलपति ९० हजारदेखि १ लाख कमाउलान्।' त्यस्ता व्यक्तिको उपकुलपतिमा त्यति चासो समेत नरहेको पाइएको उनले उल्लेख गरे।