Redirecting...

पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा एमालेको ११ औँ महाधिवेशन उद्घाटन  - janatatimes.com

पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा एमालेको ११ औँ महाधिवेशन उद्घाटन  - janatatimes.com
Source: jant

काठमाडौ, मंसिर २७ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन भएको छ । शनिबार पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट पार्टीको झण्डा फहराएर उद्घाटन गर्नुभएको हो । पार्टीका हजारौँ हजार नेता कार्यकर्ता तथा जनसमुदायको उपस्थितिमा भक्तपुरको तीनकुने स्थित नेपाल ट्रष्टको मैदानमा ओलीले महाधिवेशनको समुद्घाटन गर्नुभएको हो । ओलीले उद्घाटन गरेसँग पार्टीको ११ औ महाधिवेशन औपचारिक रूपमा सुरु भएको छ । महाधिवेशनको बन्दसत्र भोली र पर्सी काठमाडौंको भृकुटीमण्डपमा हुँदै छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ ।