Redirecting...

‘विपदमा नेपाललाई जुनसुकै सहयोग गर्न भारत तयार छ’- मोदी - arthasarokar.com

‘विपदमा नेपाललाई जुनसुकै सहयोग गर्न भारत तयार छ’- मोदी - arthasarokar.com
Source: aths

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति पीडादायी भएको बताएका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले यस्तो बताएका हुन् । मोदीले यो विपदको समयमा भारत नेपाल, नेपाली जनता र सरकारको साथमा रहेको पनि बताएका छन् । ‘नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति पीडादायी छ । हामी यस कठिन समयमा नेपालका जनता र सरकारको साथमा छौँ ।’, उनले लेखेका छन् । त्यस्तै, उनले मैत्रीपूर्ण छिमेकी र पहिलो प्रतिक्रियाकर्ताको रूपमा नेपाललाई आवश्यक पर्ने कुनै पनि सहयोग प्रदान गर्न भारत प्रतिबद्ध रहेको पनि बताएका छन् ।