शेयर बजार ६३.७३ अङ्कले घटेर २९ सय विन्दुमुनि झर्याे - ujyaaloonline.com
Source: unn
काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से ६३ दशमलव ७३ अङ्कले घटेर २ हजार ८ सय ५८ दशमलव ९० विन्दुमा झरेको छ । शेयर बजार लगातार तेस्रो कारोबार दिन दोहोरो अङ्कले घटेको हो । आज सबै समूहको शेयर घटेकोमा माइक्रोफाइनान्स र अन्य समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज सान्भी इनर्जी कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले घटेको दिन ट्रेड टावर र शिव श्री हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको...