रियलको जितमा एम्बाप्पेको २ गोल - www.hamrokhelkud.com
एजेन्सी – रियल माड्रिडले एथ्लेटिक बिल्बाओलाई ३- ० ले हराउँदै ला लिगामा शीर्षस्थान टोली बार्सिलोनासँगको अंक दूरीलाई कम गरेको छ। सन मामेसमा बुधवार भएको खेलमा रियललाई जित दिलाउन किलियन एम्बाप्पेको भूमिका महत्वपूर्ण रह्यो । उनले २ गोल र एक असिस्ट गरे। खेल सुरु भएको सात मिनेटमा ट्रेन्ट एलेक्जान्डर आर्नोल्डको पासबाट एम्बाप्पेले पहिलो गोल गरे। यो आर्नोल्डको स्पेनिस लिगमा पहिलो असिस्ट हो। ४२ औं मिनेटमा एम्बाप्पेले दिएको हेड पासमा एडुआर्डो कामाभिङ्गाले अर्को गोल गरेपछि पहिलो हाफमा रियल २-० ले अघि रह्यो। दोस्रो हाफको १४ औं मिनेटमा एम्बाप्पेले आफ्नो १६औँ लिग गोल गर्दै रियललाई सहज जित दिलाए । यो जितपछि बार्सिलोना (३७ अंक) सँगको दूरी फेरि १ अंकमा झरेको छ। ला लिगा अंक तालिकाका शीर्ष १० टोली The post रियलको जितमा एम्बाप्पेको २ गोल first appeared on हाम्रो खेलकुद.