लघुकथा : भ्युज - sahityapost.com
चर्चामा थिई– रजत । उसको गीत र अभिनयलाई धेरैले सराहना गरेका थिए । उमेरदार त ऊ थिई नै; राम्री पनि थिई । भनिरहनु परोइन; रजत धेरैको चासोमा थिई । र, एउटा युट्युबरले स्टोरी बनायो– रजत र यत्नको रोमान्सको बारेमा । स्टोरी रुचिका साथ पढियो । भ्युज पनि राम्रो देखियो । केहीपछि तस्वीरहरू सहित अर्काले हल्ला चलायो– ‘रजत र शास्त्रको डेटिङको’ : स्थलगत रिपोर्टिङका साथ । पछिल्लो खेप मृदुल र रजत लिभिङ टुगेदरमा रहेको चर्चा युट्युबमा छायो ।समयक्रममा रजतको गीत र अभिनयको बजार डाउन भएछ । चर्चाबाट पनि ओझेल परी । लाग्यो– ‘रजतले विवाह गरी क्यारे । अब छोराछोरी स्याहार्न लागी होला ।’ एयरपोर्टमा देखें– रजतलाई । उसको हँसिलो अनुहार कसरी विस्मृत हओस् !एक्लै थिई । कसोकसो नजिकै पुगेछु । सोधें– “एक्लै ? खोइ त छोराछोरी ??”झन्डै पड्काइन् !! युट्युबरको यावत् प्रयत्नका बाबजूद रजतको बिहे भएकै रहेनछ । The post लघुकथा : भ्युज appeared first on साहित्यपोस्ट.