Redirecting...

कविता : ईश्वरलाई प्रश्न !! - sahityapost.com

कविता : ईश्वरलाई प्रश्न !! - sahityapost.com
Source: shpt

ईश्वर! आज यो मानव देह,तिमीले रचना गरेको घोर मृत्यु–सागरको फन्को लगाएरजीवनको धुकधुकीलाईजीवित राख्न खोज्दा,किन पाइलैपिच्छे कडा चट्टानहरूको ठक्करबाटविचलित हुनुपर्ने बनायौ? किन दुष्टको छायाँलाई बलियोतरबार जस्तो कोमल मुटु हरदम रेटिन सक्ने बनायौ?ईश्वर!तिमीले दुष्ट प्राणी नामको मनुष्य आकार किन बनायौ? मानवको दोबाटोहरूमा यति धेरै घुम्तीहरू,डरलाग्दो जङ्गलको यात्रा राखेर किन देव–देवीस्वरूप सृजना गरी गलत समयमाऔजार प्रयोग गर्न सक्ने परिवेश दिएनौ? हरदम धैर्यता सिकायौ,तर अस्तित्व नै लिलामी भएपछिको जितलाईमृत आत्माले कसरी स्वीकार्छ?तसर्थ ईश्वर,तिमीले आफ्नो सृजनामा दुष्टको ललाटमाहोसियार लेख्न किन छुटायौ? दुष्ट कस्तो हुने रहेछ?जो हरदम अर्कोलाई पिल्साएर आनन्दित बन्छ,जो हरदम जुकाको जस्तो आहारा अर्को मानिससँग खोज्दछ,जो कोमल हृदयको सिकार गरेर मात्र दैनिकी चलाउन सक्छ,जो आफूलाई आवश्यक नहुँदाहृदयलाई टुक्राटुक्रा पार्छ र टुक्राइसकेपछिफेरि जोड्न खोज्छ र भन्छ, “मेरो गलत समय थियो!” दुष्टले के गर्छ?समाज नामको अदृश्य रङ थापेरयहाँ लैङ्गिकताको पासो थाप्छर हरदम अत्यधिक पीडा दिएरबाँच्नु नै धिक्कार बनाइदिन्छ।जीवितलाई पलपल मरेर बाँच्न लगाउँछ,मरेकोलाई फूलमालाले सजाउन आतुर देखिन्छ् —दुष्ट मान्छे। ईश्वर,तिमीले आफ्नै आँगनमा जाति,धर्म, रङ नामका धेरै सुकोमल फूलहरू फुलायौ,तर फूलको कोमल पातको रक्षा हेतु उभिनुपर्नेत्यो आफ्नै हाँगामा रहेका काँडाहरूलाईकिन निर्जीव आकृति जस्तो टक्क रोकिएको वस्तु बनायौ?विक्षिप्त बनाएकी कोमल फूललाई दुष्टलेनजरबाट बचाउने संयन्त्र किन बनाउन भुल्यौ? दुष्टले हरदम शब्द बदल्छ, रङ बदल्छ,रूप, आकार–प्रकार सबै मात्र नभएरगजबको समय चक्र हात पार्ने अभिनय पनि बदल्छ,ताकि उसको दुष्टता बाहिरी परिवेशले थाहा सम्म नपाओस्।यति धेरै चीजबीज बदल्न सक्नेत्यो प्राणीलाई हृदय बदलेर नरम बनाउन किन भुल्यौ? दुष्ट शान्त छ,तिम्रो मन्दिर आउँदा,दुष्ट यदाकदा परमेश्वरको रूपमा पनि देखिन्छ,देवताको रूप धारण गरेको दानव सरी।एउटा दुष्टको जन्म देखिको चक्रमा बलवान्अनि वयस्क सम्म आइपुग्छ भने उसकोत्यो बहुरूपी स्वभावको अन्तिम अवस्थामामाफ दिने यो अन्धो किन निर्माण गऱ्यौ? तरउसको तुच्छ विचारले पनि जन्मन्छ,हुर्कन्छ र वयस्क बनेपछि झनै डरलाग्दो बन्दै जान्छ।तिमीले दुष्ट मानिसको स्वभाव बनायौ,कोमलताको पनि उही चक्र हुन्छ,वयस्क हुँदा उसले संसारमा शान्ति प्रदान गर्न सक्छ,तर हरदम त्यो तिम्रो मूल्याङ्कनमाकिन कोमल हृदयलाई मात्र परीक्षार्थी बनायौ? ईश्वर,माछालाई तातो जमिन दोषी लाग्छ भनेऊ चिसो समुद्रमा घिस्रेर पुग्न सक्नेगरीबालुवाको नजिक जलकुण्ड बनायौ।प्राणीलाई उसको परिवेश नै मृत्यु तुल्य छ भनेसत्सङ्ग जान सक्छ,तर एउटा कोमल हृदयजो दुष्ट नजरहरूको जेलभित्र कैद छ,परिवेश र नियतिको कठघराबाटऊ उम्किएर तमाम जीवनभरि गाडिएका पाइलानिकालेर दौडिन पनि सक्दैन! कोमल आत्मालाई शीतल गर्नजीवनकै आहुति दिनुपर्ने हो र?दुष्टको सृजना गरिसकेपछि विनाश गर्ने औषधि समय हो भने,त्यो अँध्यारो समयलाई पार गराउने हिम्मतर आउने भविष्य साथै युगको अन्त्यको चित्रकोमल मस्तिष्क को नजरबाट किन गोप्य राख्यौ? The post कविता : ईश्वरलाई प्रश्न !! appeared first on साहित्यपोस्ट.